काठमाडौँ- बालगायक अनुभव दुवाडीको बालगीत ‘उडी जाने चरी’ सार्वजनिक भएको छ।
भिडियो सामग्रीसहितको बालगीत बालसंसार नेपालबाट शुक्रबार सार्वजनिक गरिएको हो।
गीतमा शब्द ललिता दोषीका रहेका छन् भने रमेश सुवेदीले संगीत भरेका छन्।
कृष्ण भान्जाले मिक्सिङ/मास्टरिङ गरेको गीतमा डिल्लीराम दुलाल र सुरज आचार्य एरेन्जर रहेका छन्।
गीतको भिडियोमा ‘एआई जेनेरेटेड’सामग्री राखिएको छ। अनित व्यञ्जनकारले भिडियो सम्पादन गरेका हुन्।
यस्तो छ गीत


