काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर लागेका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि आइतबार लिङ्देनसहितका नेताहरु तिलगङ्गाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर लागेका हुन्।
पूर्वराजा शाह आइतबार ३ बजे पोखराबाट काठमाडौँ फर्किँदैछन्। उनको स्वागतका लागि राजावादीहरू विमानस्थलबाहिर जम्मा भएका हुन्।
समिट एयरको जहाजमार्फत आइतबार दिउँसो काठमाडौँ आउन लागेका शाहलाई बिदाइ गर्न पोखरामा पनि सयौँ समर्थक पुगेका थिए। उनी पोखराबाट बिदाइ भइसकेका छन्।






उता दुर्गा प्रसाईको नेतृत्वमा पनि शाहलाई स्वागत गर्न समर्थकहरू पुगेका थिए।






