काठमाडौं– ललितपुरको खोकना यतिबेला तोरी फुलेर सुन्दर देखिएको छ। तोरी फुलेर खोकनाका खेतबारी छपक्क ढाकेको छ।
खोकना काठमाडौं नजिकैको तोरीको तेलका लागि प्रख्यात छ। यहाँ स्थानीय कोलबाटै तोरीको तेल पेल्छन्। तोरीकै तेल बेचेर उनीहरू दैनिकी चलाउने पनि गरेका छन्।
तोरीको तेलको लागि निकै ख्याति कमाएको खोकना र बुंगमती अहिले पहेँलपुर बनेको छ। फाँटमा फुलेर पहेँलपुर तोरीले यहाँको सुन्दरता निकै बढेको छ।
शनिबार र बिदाको दिन अहिले आन्तरिक पर्यटकहरू पनि यहाँ आएर फोटो भिडियो खिच्दै गरेको देखिन्छ।

















तस्बिर : नेपाल फोटो लाइब्रेरी


