काठमाडौँ- पाकिस्तानी गजलकार गुलाम अली बिहीवार दुबई हुँदै नेपाल आएर प्रस्तुति दिएका छन्।
शनिबार ललितपुरको पुल्चोकमा उनको गायन सुन्न सयौँ उपस्थित भएका थिए।
साधना कला केन्द्रले आयोजना गरेको कार्यक्रममा गायक अली ११ सदस्यीय ब्याण्डसहित काठमाडौँ आएका हुन्।
अलीले करिब ३ घण्टा आफ्ना काठमाडौँलाई गजल सुनाए। कार्यक्रममा गायक गुलामका छोरा अमीर र नाति नाजीरले पनि प्रस्तुति दिएका छन्।
गुलाम गजल गायनमा सुप्रसिद्ध छन्। भारत, नेपाल, बङ्गलादेश, अमेरिका, बेलायत र मध्यपूर्वसम्म उनको गायकीका फ्यान छन्। थुप्रै बलिउड फिल्मका गीतमा उनले स्वर दिएका छन्।


