२०८३ कार्तिक १३ गते बिहिबार

‘हेल्लो काँशिराम’बारे निर्देशक भन्छन्- कमेडी मात्र होइन, इमोसन पनि छ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ३
rim_bk

काठमाडौँ- दिलिप रायमाझीको मुख्य भुमिका रहेको फिल्म ‘हेल्लो काँशिराम’ आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। केही दिनअघि मात्र सार्वजनिक गरिएको फस्टलुक पोस्टरले दर्शकमाझ उत्सुकता बढाएको निर्माण पक्षको दाबी छ।

पोस्टरमा अभिनेता दिलिप रायमाझीलाई खसी बोकेर हिँडिरहेको देखाइएको छ, जसका कारण धेरैले यो फिल्म कमेडी जनरामा आधारित भएको अनुमान गरेका छन्। तर, फिल्मका लेखक तथा निर्देशक रिम विश्वकर्माले फिल्म कमेडी मात्र नभई गहिरो भावनात्मक कथासँग पनि जोडिएको प्रतिक्रिया दिएका छन्।

नेपाल क्लिक्ससँगको छोटो कुराकानीमा निर्देशक विश्वकर्माले भने, ‘यो केवल मनोरञ्जनात्मक कमेडी फिल्म मात्र होइन, यसमा सामाजिक सन्देश र भावनात्मक पाटो पनि समेटिएको छ। धेरै कुरा अहिले खुलाउन मिल्दैन, तर फिल्म हेर्दा दर्शकहरूले यसका गहिरा पक्षहरू बुझ्नेछन्।’

निर्देशक विकले फिल्मको टिजर चाँडै सार्वजनिक हुने र त्यस भिडियोमार्फत कथावस्तुको बारेमा थप जानकारी दिने बताए। हाल यस फिल्मको प्रचार-प्रसार थालिएको छ। सोही क्रममा उनी कीठमाडौँ, चितवनलगायतका जिल्लामा पत्रकार भेटघाटमा हिँडिरहेका छन्।

‘हेल्लो काँशिराम’मा रायमाझीसँगै सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योति रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु जस्ता कलाकारको अभिनय देख्न सकिनेछ। त्यसैगरी, दर्शकहरूले प्रियंका कार्कीलाई विशेष भूमिकामा देख्न पाउनेछन्।

रेडलाइन फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता पीबी थापा हुन्, भने छायांकन यम आलेले गरेका छन्। फिल्ममा सम्पादन तथा रंग संयोजन मित्र डी. गुरूङले गरेका हुन्। नृत्य निर्देशन कविराज गहतराज, द्वन्द्व निर्देशन शंकर महर्जन, संगीत संयोजन नरेन्द्र वियोगी र विपिन आचार्यले गरेका छन्। प्लेब्याक सिंगरहरूमा प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार, अनिक गिरी लगायत छन्।

कमेडी र इमोसन मिसाएर बनाइएको ‘हेल्लो काँशिराम’ नेपाली दर्शकमाझ कत्तिको प्रभाव पार्छ भन्ने कुरा जेठ २ पछि थाहा हुनेछ। दर्शकहरू टिजर र ट्रेलरको प्रतीक्षामा छन्, जसले फिल्मको कथावस्तु अझ प्रस्ट पार्नेछ। फिल्ममा निर्माण टिमले डेढ करोड खर्च गरेको बुझिएको छ।

प्रकाशित: २०८१ चैत ३ गते आईतबार ०१:१०
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना