काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले राजतन्त्रको विरोध गर्दै माइतीघर मण्डलामा बुधबार प्रदर्शन गरेको छ।
‘स्वाधीनता, संघीयता, सुशासन, समृद्धि, समाजवाद’का लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने पार्टीले कार्यक्रममा जिकिर गरेको छ।
त्यस्तै, ‘राजनीतिक अस्थिरताको ओखति, प्रत्यक्ष निर्वाचित राष्ट्रपति!’ भन्ने पनि डा. भट्टराई नेतृत्वको दलको नारा हो। कार्यक्रममा डा. भट्टराईसहित पार्टीका नेता तथा कार्यकर्ताहरू सहभागी थिए।
माइतीघरमा आयोजित कार्यक्रममा पार्टीले नाटक पनि प्रस्तुत गरेको थियो।


