काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल र न्युरोडस्थित रञ्जना सिनेप्लेक्स प्रालिबीच बैंकका कार्डवाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपछि बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले रञ्जना सिनेप्लेक्समा टिकट खरिदमा ५ प्रतिशतसम्मको छुट पाउनेछन्।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।


