काठमाडौं- ‘आइएमई पे’बाट हवाइ टिकट (आन्तरिक) काट्दा सेवाग्राहीहरुले अब रु १२५ क्यासब्याक पाउने भएका छन्।
आइएमई पे मार्फत टिकेट काट्ने ग्राहकवर्गले एयरलाइन्स कम्पनी बमोजिमको रु ७५ वा त्यो भन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको ‘बोनस’ (BONUS) प्रोमोकोड प्रयोगमा थप ५० गरी कम्तीमा रु १२५ क्यासब्याक पाउन सक्ने छन्।
यो अफर जेठ ७ देखि असार ६ सम्म प्रत्येक ग्राहकले एक पटक मात्र प्रयोग गर्न पाउने छन्।
