भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ६ दिनयता बिहानै ८ बजे देखि सामुदायिक विद्यालयका शिक्षकहरू रिले अनशनमा छन्।
शिक्षकहरूले राखेका माग पूरा गराउन दबाब दिन शिक्षकहरू छ दिनदेखि रिले अनशनमा बसेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी बताए ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै बिहान ८ बजेबाट ६ बजेसम्म शिक्षकहरू अनशनमा बस्दै आएका छन्।
प्रकाशित: २०८१ चैत १२ गते मङ्गलबार ११:२८