२०८३ कार्तिक १२ गते बुधबार

दक्षिण कोरिया आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो, २७ हजार जना विस्थापित

 |  रासस
Sanket

रासस

काठमाडौँ, चैत १४
south-korea-dadelo-1742972628

सोल- दक्षिण कोरियाको सबैभन्दा खराबमध्येको तीव्र हावाका कारण फैलिएको डढेलोले देशको दक्षिणी क्षेत्रलाई ध्वस्त पारेको छ। अधिकारीहरूका अनुसार आगलागीले २४ जनाको मृत्यु भएको छ भने २ सयभन्दा बढी संरचनाहरू नष्ट भएको तथा २७ हजार मानिसलाई विस्थापित हुन बाध्य पारेको छ।

यस्तै २६ जना घाइते छन् भने उनीहरूमध्ये १२ जनाको अवस्ता गम्भीर छ। मृतक र घाइतेमध्ये अधिकांश  ६० वर्षमाथिका छन्।

आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक दक्षिणपूर्वी उइसेङ जंगलमा लागेको डढेलो निभाउने प्रयासमा एउटा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्। कोरिया वन सेवाले उद्धार कार्य जारी रहेको र विमानमा एक पाइलट मात्र थिए भन्ने अनुमान गरेको छ।

एक प्राचीन् बौद्ध मन्दिर, घरहरू, कारखानाहरू र सवारीसाधनहरूलगायत संरचनाहरू नष्ट भएका छन्। आगलागीबाट ४३ हजार ३ सय ३० एकड जमिन जलेको आपत्कालीन प्रतिक्रिया केन्द्रले जनाएको छ।

टेलिभिजन सम्बोधनमा दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक–सुले गत शुक्रबार सुरु भएको डढेलोले विगतका अन्य धेरै डढेलोको तुलनामा बढी क्षति पुर्‍याएको बताए। ‘क्षतिहरू बढ्दै छन्,’ हानले भने, ‘हामीसँग यस्ता डढेलोका क्षतिहरू हुन सक्छन्, जुन हामीले पहिले कहिल्यै अनुभव गरेका छैनौँ, त्यसैले हामीले यो हप्ताको बाँकी समयमा सबै डढेलोलाई निभाउन हाम्रा सबै क्षमताहरू केन्द्रित गर्नुपर्छ।’

हानले रातभरको तीव्र हावाका कारण डढेलो निभाउन कर्मचारीहरूलाई कठिनाइ परिरहेको बताए। उनले करिब ४ हजार ६ सय ५० अग्नि नियन्त्रक, सैनिक र अन्य कर्मचारीहरूले करिब १ सय ३० हेलिकोप्टरको सहयोगमा डढेलो निभाउन काम गरिरहेको बताए। उनले बिहीबार केही मात्रामा ५–१० मिलिमिटर पानी पर्ने अपेक्षा गरिएको बताए।

पर्यवेक्षकहरूका अनुसार जारी डढेलो दक्षिण कोरियामा जमिन जलेको सन्दर्भमा तेस्रो ठूलो हो। अग्नि नियन्त्रकहरूले सुक्खा बतासका कारण आगलागी नियन्त्रण गर्न संघर्ष गरिरहेकाले धेरै दक्षिणपूर्वी शहर र सहरका अधिकारीहरूले मंगलबार बासिन्दाहरूलाई खाली गर्न आदेश दिएका थिए। दक्षिण कोरियाको गृह मन्त्रालयका अनुसार सबैभन्दा ठूलो आगलागी अन्डोङ, छिमेकी र उइसेङ र सान्चेओङ काउन्टी तथा उल्सान शहरमा भएको थियो।

यसअघि मंगलबार अधिकारीहरूले ती क्षेत्रमा सबैभन्दा ठूलो डढेलोमध्ये अधिकांश निभाएको तर हावा र सुक्खा अवस्थाले आगो फेरि फैलिएको बताएका थिए। तर, हावा बढेपछि आगो निभाउने प्रयासहरू रातारात आंशिक रूपमा स्थगित गरियो।

उइसेङमा आगलागीले गाउन्सा मन्दिरका ३० भन्दा बढी संरचनामध्ये करिब आधा नष्ट गरेको छ। यी संरचना मूल रूपमा सातौँ शताब्दीमा निर्माण गरिएको थियो। नष्ट भएका संरचनामध्ये दुई राज्य–निर्दिष्ट ‘खजाना’ –सन् १६६८ मा बनेको खोलामा बनाइएको मण्डप–आकारको संरचना र सन् १९०४ मा राजाको दीर्घायुको अभिव्यक्तिका लागि निर्माण गरिएको जोसेओन राजवंशको संरचना थिए।

सरकारी र बौद्ध अधिकारीहरूका अनुसार मन्दिरको अर्को राज्य–निर्दिष्ट ‘खजाना’ आठौँ शताब्दीमा निर्मित ढुङ्गाको बुद्ध मूर्तिलाई सुरक्षित स्थानमा सारिएको थियो। कोरिया वन सेवाले मंगलबार राष्ट्रव्यापी रूपमा डढेलोको चेतावनी उच्च ‘गम्भीर’ स्तरमा बढाएको छ। यसले स्थानीय सरकारहरूलाई आपत्‌कालीन प्रतिक्रियामा थप कामदारहरू नियुक्त गर्न, वन र पार्कहरूका लागि प्रवेश प्रतिबन्धहरू कडा गर्न र सैन्य एकाइहरूलाई प्रत्यक्ष–आगो अभ्यास रोक्न सिफारिस गर्न आवश्यक परेको छ।

अधिकारीहरूका अनुसार मृतक १८ जनामध्ये चार जना अग्नि नियन्त्रक र सरकारी कर्मचारी छन्। उनीहरू शनिबार सान्चेओङमा तीव्र हावाले गर्दा आगोको ज्वालामा फसेपछि मारिएका थिए। सरकारी अधिकारीहरूले मानवीय त्रुटि सम्भवतः पारिवारिक चिहानहरूमा बढेको घाँस वा वेल्डिङको कामबाट स्पार्कहरू सफा गर्दा आगोको प्रयोगका कारण धेरै आगलागी निम्त्याएको आशंका गर्छन्।

प्रकाशित: २०८१ चैत १४ गते बिहिबार ०८:५२
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना