काठमाडौँ– प्रतिनिधि सभाले सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको बैठकले सर्वसम्मत रूपमा उक्त प्रस्ताव पारित गरेको हो।
२०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारका रूपमा विजयी भएका बोहराको आज निधन भएको छ।
त्यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को चैत १८ गतेको बैठकको सिफारिसमा मंगलबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गरेको जानकारी बैठकमा गराइएको छ।


