काठमाडौँ- शिक्षक र कर्मचारीमैत्री शिक्षा ऐनको माग गर्दै चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन थप चर्काएका छन्।
आन्दोलनरत शिक्षकहरूले राजधानीमा सिठ्ठी फुक्दै सरकारलाई दबाव दिने उद्देश्यले विरोध प्रदर्शन गरे। नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलन अन्तर्गत शिक्षकहरूले सिठ्ठी र्याली निकालेका हुन्।
महासंघले आन्दोलनलाई थप सशक्त बनाउने रणनीति स्वरूप भोलि चैत २५ गतेदेखि देशव्यापी आम शैक्षिक हड्तालको घोषणा गरिसकेको छ।
शैक्षिक हड्तालको कारण एसईई परीक्षा उत्तरपुस्तिका मूल्यांकनसमेत प्रभावित हुने भएको छ, जसले गर्दा नतिजा प्रकाशनमा ढिलाइ हुने निश्चित देखिन्छ।
महासंघले पठनपाठन, मूल्यांकन र नतिजा प्रकाशनजस्ता सम्पूर्ण शैक्षिक प्रक्रिया तत्काल रोक्न सबै शिक्षकहरूलाई अपिल गरेको छ।
