काठमाडौँ — विभिन्न माग राख्दै सडकमा ओर्लेका शिक्षकहरुको विरोध कार्यक्रमले विद्यालय शिक्षा प्रभावित बनेको छ। सरकारले आफ्ना मागहरु नसुनेको भन्दै शिक्षकहरु अझै कठोर आन्दोलनमा उत्रने भएका छन्।
आन्दोलनको अगुवाइ गरिरहेको संस्था नेपाल शिक्षक महासंघले आउँदै गरेको कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने बताएको छ। सोमबार विज्ञप्ति जारी गरी महासंघले परीक्षामा सहभागी नहुने निर्णय गरेको छ भने कुनै पनि कार्यमा संलग्न नहुन शिक्षकहरुलाई अपिल समेत गरेको छ।
कक्षा १२ को परीक्षा वैशाख ११ गते शुरु हुँदैछ। नयाँ शैक्षिक सत्र शुरु भएसँगै सरकारले भर्ना अभियान घोषणा गरे पनि महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
सरकारले नयाँ शैक्षिक सत्रका लागि को भर्ना अभियान सञ्चालन गर्न स्थानीय तह र देशभरका विद्यालयलाई परिपत्र गरेको छ । विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरणलगायत शैक्षिक गतिविधिमा संलग्न हुनुपर्ने शिक्षकले भने सडकमा छन्। शिक्षकहरु दुई सातादेखि राजधानीमा केन्द्रीत भएर आन्दोलन गरिरहेका छन्।


