काठमाडौँ- फिफा विश्वकप २००२ विजेता तथा ब्राजिलका फुटबल आइकन रोबर्टो कार्लोस दशरथ रंगशालामा उपस्थित छन्।
नेपाल सुपर लिग सिजन ३ को क्वालिफायर २ अवलोकन गर्न उनी दशरथ रंगशाला पुगेका हुन्। रंगशालामा उनले फ्री-किक पनि हानेका थिए।
विशेष अतिथिको रूपमा नेपाल आएका उनले नेपाली फुटबलप्रति चासो र समर्थन जनाएका छन्।
यसअघि उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फुटवल गिफ्ट गरेका थिए।


