काठमाडौँ- बुधबार एकैदिन ७ हजार ५ सयले घटेको सुनको भाउ बिहीबार सामान्य बढेको छ।
बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको हो।
बुधवार १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीवार १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको हो।


