तारैतारको कुरुप जालोले राजधानी सहर काठमाडौँ कुरूप छ। विकास र व्यवस्थापनका हिसाबले अब्बल मानिनुपर्ने राजधानीलाई तार व्यवस्थापन सकसपूर्ण छ। राजधानी सहरलाई कतिपय विदेशीहरूले समग्र देशको प्रतिनिधित्व गर्ने स्थान मान्छन्। कुनै देश कस्तो होला भनेरबारे धारणा बनाउनुपरे राजधानीलाई नै हेर्ने गरिन्छ। तर राजधानी सहर काठमाडौँ भद्रगोल छ अव्यवस्थित तारका कारण। सहरका गल्लीहरू धुलो र धुवाँयुक्त तार आफैँ पनि कुरुप छ। कुरूप तारको जालोले सहर कुरुपतम बनेको छ।
नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केवल अपरेटर र इन्टरनेट सेवा प्रदायकले पोलले थेग्नै नसक्ने गरी तार टाँगेर सहर कुरुप बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।
कुरूप तारको जालोले सुन्दरता मात्रै निलिदिएको छैन, दुर्घटनाको जोखिम झनै बढाएको छ। नेपाल विद्युत प्राधिकरणले जालोझै बेबारिसे अवस्थामा टाँगिएका तार ‘अन्डरग्राउन्ड’ गरी सहरलाई व्यवस्थित गर्ने सोच राखेको भएपनि अपेक्षित सहयोग नपाएको गुनासो गरिरहेको छ। नेपाल टेलिकम र अन्य सेवा प्रदायकलाई सहर सक्दो कुरूप बनाएर नाफा बढी आर्जन गर्नु छ।
देश चलाउने अभिभारा बोकेका र सम्पूर्ण नागरिकको प्रतिनिधित्व गर्ने जिम्मेवारी साथमा राखेका नेताहरूले आफूहरु गइरहने थलो संघीय संसद भवन अगाडिकै दृश्य देखेका छैनन्। उनीहरूका आँखा अन्य स्थानमा पुग्ने कुरा भएन। राजधानीको विभिन्न स्थान पुगेर कैद गरिएका तारपासोका तस्बिरहरू:
























