काठमाडौँ- काठमाडौँ महानगरपालिकाले माइतीघर क्षेत्रमा अतिक्रमित संरचनामाथि डोजर चलाएको छ। महानगरले शुक्रबार दिउँसो माइतीघर क्षेत्रमा डोजर चलाएको हो।
सडकपेटी अतिक्रमण गरी संरचना बनाइएकाले भत्काइएको महानगरले जानकारी दिएको छ। ‘सडकपेटीमा हिँड्न पाउने जनताको स्वतन्त्रलाई रक्षा गर्नको लागि भत्काइएको हो,’ काठमाडौं महानगर प्रहरी राजुनाथ पाण्डेले भने।
महानगरले सडकपेटीमा बनेका यस्ता संरचनालाई भत्काउँदै आएको छ। सडकपेटीमा अव्यवस्थित फुटपाथ बजारलाई पनि महानगरले हटाउँदै आएको छ।











