काठमाडौँ- भद्रकुमारी घले सेवा सदनमाथि काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। महानगरको टोली काठमाडौंको अनामनगरस्थित देवीनगरमा रहेको सेवासदनमाथि डोजर चलाएको हो।
सार्वजनिक जग्गा अतिक्रमण गरेर सेवासदन सञ्चालन गरेको भन्दै महानगरले उक्त भवन खाली गराउन नगर प्रहरी परिचालन गरी सटर भत्काइएको हो।












