२०८३ कार्तिक २३ गते आईतबार

नीति तथा कार्यक्रम : सत्तापक्षको आशा, प्रतिपक्ष निराश

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २६
parliament

काठमाडौँ- सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रतिनिधिसभामा जारी छ। नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आज भएको छलफलमा सत्तापक्षका सांसदले समर्थन र विपक्षी सांसदले आलोचना गरेका छन्।

सत्ता साझेदार दलका सांसदले प्रस्तुत नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको, विकासको ढाँचा र संस्कृति बदल्ने सङ्कल्प लिएको, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने दिशातर्फ उन्मुख रहेको बताए। प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सहित विपक्षी सांसदहरुले नीति कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न नसक्ने आरोप लगाए।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले प्रस्तुत नीति तथा कार्यक्रममार्फत सरकारले विकासको ढाँचा र संस्कृति बदल्ने, आद्योगिकीकरणको थालनी गर्ने, भूमि बैंक स्थापना, युवापुस्ता लक्षित स्टार्टअपमा लगानी वृद्धि गर्ने सङ्कल्प लिएको बताए।

एमाले सांसद दीपा शर्माले नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक, स्पष्ट र जनमुखी रहेको बताइन्। “देशमा व्याप्त निराशालाई हटाउने, जनतामा आशा, भरोसा र उत्साह भर्न सक्ने, तीव्र आर्थिक विकास, सुशासन, रोजगारी र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिनेगरी आएको नीति कार्यक्रमको पूर्ण समर्थन गर्न चाहन्छु”, उनले भनिन्यो।

एमाले सांसद महेश बस्नेतले गठबन्धन सरकारको मर्म, भावना र समझदारीअनुसार नीति तथा कार्यक्रम प्रस्तुत भएको उल्लेख गर्दै सर्वपक्षीय सहमतिका आधारमा संविधान संशोधन गर्ने उद्घोष सकारात्मक भएको बताए। एमाले सांसद नारायणप्रसाद आचार्यले ‘समृद्ध नेपाल सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्ने लक्ष्यसहित प्रस्तुत सरकारको आगामी आवको नीति तथा कार्यक्रमको समर्थन गर्दै सबैको एकताबद्ध प्रयासबाट कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए।

त्यसैगरी, सत्तासाझेदार नेपाली कांग्रेसका सांसद शङ्कर भण्डारीले संविधान संशोधनका क्रममा सङ्घीयता र धर्मनिरपेक्षताका सम्बन्धमा जनमत सङ्ग्रह गर्नुपर्नेमा जोड दिए। कांग्रेस सांसद कान्तिका सेजुवालले दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन विशेष योजना र मानसिक तथा सामुदायिक स्वास्थ्य सेवाका कार्यक्रम थप गर्न सुझाव दिइन्।

कांग्रेसका सांसद दीपक गिरीले जलवायु परिवर्तनको असरसँग जुध्ने, रोजगारी सृजना, उत्पादन वृद्धिलगायतको योजना नसमेटिएको परम्परागत शैलीको नीति कार्यक्रमले मुलुकको समस्या समाधान गर्न नसक्ने धारणा व्यक्त गरे।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद सर्वेन्द्रनाथ शुक्लाले नीति कार्यक्रममार्फत विभिन्न क्षेत्रमा सुधार गर्ने सरकारको दृढता प्रशंसनीय रहेको बताए। नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले सुशासन, रोजगारी, युवा केन्द्रित स्टार्टअप कार्यक्रम, अनावश्यक संरचना खारेज, परियोजना बैंकलगायत नीति कार्यक्रममा प्रस्तुत बुँदाको कार्यान्वयनबाट सरकारप्रति जनताको आशा भरोसा बढ्ने विश्वास व्यक्त गरे।

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद रेखा शर्माले नीति तथा कार्यक्रममाथिको छलफलमा आएको सुझावलाई समेटेर लैजान आग्रह गर्दै प्रस्तुत नीति तथा कार्यक्रमले जनअपेक्षा पूरा गर्न र समाजवादको आधार तय गर्न नसक्ने बताइन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले संविधान कार्यान्वयनका क्रममा देखिएको कमीकमजोरी सच्याउन सहमतिका आधारमा संशोधन प्रक्रिया अघि बढाउने नीति कार्यक्रममा उल्लेख भए पनि संविधान संशोधनकै मुख्य एजेण्डा बनाएर सत्ता सहयात्रा गरेको दलले पछिल्लो १० महिनामा केही नगरेबाट संविधान संशोधन सत्ताप्राप्तिको एजेण्डा मात्रै भएको आरोप लगाए। रासस

प्रकाशित: २०८२ बैशाख २६ गते शुक्रबार ०७:०५
प्रतिक्रिया

थप समाचार

आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कार्तिक कृष्ण औँसीका दिन घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदैछ । लक्ष्मीपूजाका दिन घर, आँगन तथा पसलहरू...

आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ। कुकुरलाई यमराजको दूत तथा मानिसको विश्वासिलो साथीका रूपमा सम्मान गर्दै आज देशभर पूजा गरेर कुकुर तिहार मनाउन लागिएको हो। हिन्दू...

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना