काठमाडौँ- काठमाडौँको बागबजारस्थित पद्मकन्या क्याम्पसको बाहिरी भित्तामा नेपालका विभिन्न सांस्कृतिक पहिचान बोकेका महिला हस्तीहरूको भित्तेचित्र (मुराल) तयार पारिएको छ। काठमाडौँ महानगरपालिका र सौगात आर्ट्स नेपालको सहकार्यमा मुराल तयार पारिएको हो।
मुरालमार्फत विविध संस्कृतिको पहिचान, महिला सशक्तीकरण र एकताको सन्देश प्रस्तुत गरिएको छ।
महानगरपालिकाले यसअघि प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा कोटेश्वरस्थित सरस्वती पार्कमा नेपाली फुटबलर सावित्रा भण्डारी (साम्बा) को मुराल बनाएको थियो।
महानगरले सहरको सौन्दर्यीकरण अभियानअन्तर्गत काठमाडौंका विभिन्न स्थानमा यस्ता मुरालहरू बनाइरहेको छ।
तस्बिर: सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी


