काठमाडौँ- गर्मी बढेसँगै काठमाडौं कालीमाटी फलफुल तथा तरकारी बजारमा खरबुजाको व्यापार बढेको छ।
आफ्नो पसलबाट मात्र दैनिक एक हजार किलोग्रामसम्म खरबुजा बिक्री हुन थालेको एक व्यापारीले बताए।
कालिमाटी तरकारी बजारमा नेपाली खरबुजाको प्रति किलो ४०-४५ रुपैयाँ किलो छ भने भारतीय खरबुजा प्रतिकिलो ५० रुपैयाँमा बिक्री भइरहेको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


