काठमाडौँ– काठमाडौँमा झ्याप्प-झ्याप्प बिजुली गएपछि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य तनावमा परेका छन्।
निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि नै बिजुली गइरहेको भन्दै आलोचना बढेका बेला काठमाडौँमा झ्याप्प-झ्याप्प बिजुली गएपछि शाक्य तनावमा परेका हुन्।
संघीय राजधानीमा नै बिजुली जाने समस्या आएपछि उनले प्रणाली सञ्चालन विभाग स्युचाटारको निरीक्षण गरेका छन्।
विभागमा प्रत्यक्ष रूपमा बसेर उनले ढल्केबर ग्रिड महाशाखाका प्रमुख विनोद लोहनीसँग बिजुली जाने समस्याबारे जानकारी लिएका थिए।
भारतबाट नेपालमा हाल ४०० केभी ढल्केबर मुजफरपुर लाइनबाट बिजुली आयात भइरहेको छ। भारततर्फ आएको समस्याले गर्दा पटक-पटक बिजुली गएको दाबी प्राधिकरणको छ।


