काठमाडौँ। फोटोपत्रकार प्रकाशचन्द्र तिमिल्सेनाले खिचेका तस्बिरहरुको प्रदर्शनी विद्यार्थीले रुचिपूर्वक अवलोकन गरेका छन्।
भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित ’बारपाक फोटो प्रदर्शनी’ अवलोकन गर्न एलआरई, जोन डेबीलगायत विभिन्न स्कुलका विद्यार्थी पुगेका थिए।
शुक्रवार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि प्रदर्शनी अवलोकन गरेका थिए।
फोटो पत्रकार तिमिल्सेनाले भूकम्पको १० वर्षमा बारपाकमा देखिएको परिवर्तन तथा पुनर्निर्माण गर्दाका चुनौतीलाई तस्बिरमार्फत प्रदर्शनीमा राखिएका थिए।
२०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दू भएर गएको भूकम्पपछिको भयावह अवस्था, बारपाकको आर्थिक अवस्था तथा सामाजिक भोगाइसँग सम्बन्धित ६० वटा फोटो प्रदर्शनमा थिए।
प्रदर्शनीमा राखिएका सम्पूर्ण तस्बिर बारपाक सुलिकोट गाउँपालिकालाई हस्तान्तरण गर्ने घोषणा फोटो पत्रकार तिमिल्सेनाले गरेका छन्।
ती तस्बिर गाउँपालिकाले बारपाकमा निर्माण गरिरहेको भूकम्प संग्रहालयमा राखिनेछ।
बिहीबार नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले प्रदर्शनी उद्घाटन गरेका थिए।
प्रदर्शनी शनिबार सम्पन्न भएको छ।


