काठमाडौँ- लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा आकर्षक प्रि-बजेट अफर ल्याएको छ। यही ५ देखि १४ जेठसम्म लागू यो अफर हुन्डाई कोना इलेक्ट्रिक, पुरस्कार विजेता आईओएनआईक्यू ५ र क्रेटा ईभीमा लागू गरिएको कम्पनीले जनाएको छ।
विद्युतीय सवारीसाधनको पहुँचलाई बढाउन डिजाइन गरिएको यस योजनाअन्तर्गत नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आईओएनआईक्यू ५ र क्रेटा ईभी खरिद गर्ने ग्राहकहरूले प्रोत्साहनस्वरूप विभिन्न लाभ प्राप्त गर्ने बताइएको छ।
प्रि-बजेट छुट योजनाका मुख्य विशेषताहरूमा नि:शुल्क बीमा रहेको छ, जसमा ग्राहकहरूले आफ्नो नयाँ हुन्डाई इभीका लागि नि:शुल्क बीमा कभरेज प्राप्त गर्नेछन्। साथै, यस अफरमा ग्राहकहरूले सडक करसमेत नि:शुल्क पाउनेछन्। यसका साथै तीनवटै मोडेलहरूमा विशेष नगद छुट प्रदान गरिनेछ, जसले यी अत्याधुनिक विद्युतीय सवारीसाधनहरूलाई पहिलेभन्दा बढी किफायती बनाउनेछ।
यो प्रि-बजेट योजना ग्राहकहरूलाई विशेष अफरसहितको सुविधा प्रदान गर्ने एक/एक सक्रिय पहल हो। ईभी गाडीका पारखीहरूका लागि प्रत्येक मोडेलमा विशेष अफरहरूका बारेमा थप जान्न र आफ्नो मनपर्ने हुन्डाई इलेक्ट्रिक गाडी बुक गर्न आफ्नो नजिकको हुन्डाई शोरूममा जान कम्पनीले आग्रह गरेको छ।
लक्ष्मी हुन्डाईले रि-लाक्स चार्जिङ नेटवर्क विस्तार गरेर ईभी इकोसिस्टमलाई अझ बलियो बनाएको छ, जसमा हाल देशभरका विभिन्न स्थानहरूमा डीसी र एसी दुवै प्रकारका ६६ सक्रिय चार्जर स्टेसन सञ्चालनमा ल्याइसकेको छ। साथै विश्वसनीय सेवा, पार्टपुर्जा उपलब्धता र बिक्रीपछिको समर्थन पनि सुनिश्चित गरेको छ।


