२०८३ कार्तिक १३ गते बिहिबार

रुस-युक्रेन युद्ध रोक्न सक्लान् ट्रम्पले?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ५
trump_wins

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले युक्रेनमा गरेको आक्रमणबाट सुरु भएको युद्ध अन्त्य गर्न लामो समयदेखि चलिरहेको प्रयासको हिस्साका रूपमा सोमबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गर्ने भएका छन्।

ट्रम्पले अमेरिकी चुनाव अभियानका क्रममा पदभार ग्रहण गरेको एक दिनभित्रै द्वन्द्व रोक्ने वाचा गरेका थिए तर उनको कूटनीतिक प्रयासले अहिलेसम्म थोरै प्रगति हासिल गरेको छ।

रुस र युक्रेनका प्रतिनिधिमण्डलहरूले लगभग तीन वर्षमा पहिलो पटक गत हप्ता इस्तानबुलमा प्रत्यक्ष वार्ता गरे, तर वार्ता युद्धविरामको प्रतिबद्धता बिना समाप्त भयो।

दुवै पक्षले एक अर्कामाथि आरोप लगाए।युक्रेनले मस्कोलाई कम–स्तरका अधिकारीहरूको ‘नक्कली’ प्रतिनिधिमण्डल पठाएको आरोप लगायो।

वार्तापछि ट्रम्पले युक्रेनमा भएको ‘रक्तपात’ अन्त्य गर्न रुसी राष्ट्रपतिसँग फोनमा कुरा गर्ने घोषणा गरे।रुसले युक्रेनको ठूलो भागलाई ध्वस्त पारेको छ र लाखौँ मानिस विस्थापित भएका छन्।

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र नाटो अधिकारीहरूसँग पनि कुरा गर्ने बताए र ‘युद्धविराम हुने र यो अत्यन्त हिंसात्मक युद्ध…अन्त्य हुने’ आशा व्यक्त गरे।

जनवरीमा पदभार सम्हालेयता ट्रम्पले द्वन्द्व अन्त्य गर्न चाहेको कुरा पटक–पटक जोड दिएका छन् र हालै बिना शर्त ३० दिने युद्धविरामको आह्वानलाई समर्थन गरेका छन्।अहिलेसम्म उनले मुख्यतया युक्रेनमाथि दबाब बढाउनमा ध्यान केन्द्रित गरेको र पुटिनको आलोचना गर्नबाट टाढा रहेका छन्।यसअघि मस्को र वासिङ्टन दुवैले पुटिन र ट्रम्पबीचको द्वन्द्वमा बैठकको आवश्यकतामाथि जोड दिएका थिए।

अमेरिकी राष्ट्रपतिले पुटिनलाई आमनेसामने नभेटेसम्म द्वन्द्वमा ‘केही हुने छैन’ भन्ने तर्क पनि दिएका छन्।

अमेरिकी अधिकारीहरूसमेत उपस्थित भएको इस्तानबुलमा भएको वार्तामा कुनै ठोस प्रस्तावबिना रुस र युक्रेनले प्रत्येक एक हजार कैदी आदान–प्रदान गर्न र सम्भावित युद्धविरामबारे विचारहरू साटासाट गर्न सहमत भएका थिए।

युक्रेनका प्रमुख वार्ताकार रक्षामन्त्री रुस्तम उमरोभले ‘अर्को कदम’ पुटिन र जेलेन्स्कीबीच बैठक हुने बताए।रुसले यो अनुरोधलाई ध्यानमा राखेको बताएको छ।

‘हामी यसलाई सम्भव ठान्दछौँ, तर कामको परिणाम र दुई पक्षबीचको सम्झौताका रूपमा निश्चित परिणामहरू प्राप्त गरेपछि मात्र’, क्रेमलिनका प्रवक्ताले भने।

युक्रेनका पश्चिमी सहयोगीहरूले त्यसपछि पुटिनमाथि युद्धविरामको आह्वानलाई जानाजानी बेवास्ता गरेको आरोप लगाएका छन् र रुसविरुद्ध नयाँ प्रतिबन्धहरूका लागि दबाब दिएका छन्।बेलायत, फ्रान्स, जर्मनी र इटालीका नेताहरूले आइतबार ट्रम्पसँग फोनमा कुराकानी गरेका थिए।

‘राष्ट्रपति पुटिनसँग राष्ट्रपति ट्रम्पको भोलिपल्टको कुराकानीलाई ध्यानमा राख्दै नेताहरूले बिना शर्त युद्धविरामको आवश्यकता र राष्ट्रपति पुटिनले शान्ति वार्तालाई गम्भीरताका साथ लिनका लागि छलफल गर्नुभयो’, बेलायती प्रधानमन्त्री किर स्टार्मरका प्रवक्ताले भने, ‘यदि रुस युद्धविराम र शान्ति वार्तामा गम्भीरताका साथ संलग्न असफल भएको अवस्थामा प्रतिबन्धको प्रयोगबारे पनि उहाँहरूले छलफल गर्नुभयो।’

जेलेन्स्कीले आइतबार भ्याटिकनमा पोप लियोको उद्घाटन समारोहपछि भएको भेटमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग सम्भावित प्रतिबन्धबारे पनि छलफल गरेका थिए।

‘हामीले इस्तानबुलमा भएको वार्ताबारे छलफल गर्‍यौँ, वार्तामा रुसीहरूले कुनै निर्णय गर्ने अधिकार नभएको तल्लो–स्तरको प्रतिनिधिमण्डल पठाए’, बैठकपछि जेलेन्स्कीले टेलिग्राममा लेखेका छन्, ‘हामीले रुसविरुद्ध प्रतिबन्धको आवश्यकता, द्विपक्षीय व्यापार, रक्षा सहयोग, युद्ध मैदानको अवस्था र भविष्यमा कैदीहरूको आदानप्रदानबारे पनि कुरा गर्‍यौँ।’

राष्ट्रपति कार्यालयबाट एका वरिष्ठ युक्रेनी अधिकारीले नाम नछाप्ने सर्तमा जेलेन्स्की र भान्सले ट्रम्प र पुटिनबीच सोमबारको टेलिफोन कुराकानीको तयारीबारे पनि छलफल गरेको बताए।

फेब्रुअरीमा ह्वाइट हाउसमा भएको बहसपछि जेलेन्स्की र भान्सबीचको यो पहिलो भेट थियो।

ओभल अफिसमा भान्सले सार्वजनिक रूपमा जेलेन्स्कीमाथि ट्रम्पप्रति ‘अनादर’ गरेको आरोप लगाए।उनले जेलेन्स्कीलाई बढी कृतज्ञ हुनुपर्ने र रुससँगको वार्तामा उनीसँग खेल्न कुनै ‘कार्ड’ नभएको बताए।

युक्रेनले आइतबार रुसले राजधानी किएभ लगायत विभिन्न क्षेत्रलाई निशाना बनाएर रातभर देशमा रेकर्ड सङ्ख्यामा ड्रोन प्रक्षेपण गरेको र एक महिलाको मृत्यु भएको बताएको थियो।

दक्षिणपूर्वी खेरसन क्षेत्रमा रेलवे स्टेसन र निजी घर र कारहरूमा आक्रमण हुँदा अर्का एक व्यक्तिको मृत्यु भएको थियो।आइतबार प्रकाशित रूसी राज्य टेलिभिजनसँगको अन्तर्वार्तामा पुटिनले थप विवरण उल्लेख नगरी मस्कोको उद्देश्य ‘यो सङ्कट निम्त्याउने कारणहरू हटाउनु, स्थायी शान्तिका लागि अवस्था सिर्जना गर्नु र रुसको सुरक्षाको ग्यारेन्टी गर्नु’ हो भने।

द्वन्द्वको ‘मूल कारणहरू’ बारे रुसको सन्दर्भले सामान्यतया किएभ र पश्चिमसँगको गुनासोहरूलाई जनाउँछ।यसलाई मस्कोले सन् २०२२ फेब्रुअरीमा आक्रमण सुरु गर्ने औचित्यका रूपमा अगाडि राखेको छ।

यसमा युक्रेनलाई ‘डी–नाजीफाई’ र असैन्यीकरण गर्ने, देशको पूर्वी भागमा रुसी भाषीहरूको रक्षा गर्ने, नाटो विस्तारलाई पछि धकेल्ने र युक्रेनको पश्चिमतिरको भू–राजनीतिक बहावलाई रोक्ने वाचाहरू समावेश छन्।तथापि, किएभ र पश्चिमले रुसको आक्रमण साम्राज्यवादी शैलीको भूमि कब्जा हो भन्छन्।रासस

प्रकाशित: २०८२ जेठ ५ गते सोमबार ०७:४१
प्रतिक्रिया

थप समाचार

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

सानिमा बैंकको नाफा १३१ प्रतिशतको उछाल, तीन महिनामा १ अर्ब ५ करोड

काठमाडौँः सानिमा बैंकले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा १ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा गत आर्थिक...

नागढुङ्गा सुरुङमार्ग प्रयोग गरे शुल्क लाग्ने, कुन गाडीलाई कति दस्तुर?

काठमाडौँ: नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

लक्ष्मी सनराइज बैंकद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौँः लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना