काठमाडौँ- सुनको मूल्य प्रतितोला ५ हजार रूपैयाँले बढेको छ।
मंगलबार १ लाख ८४ हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर १ लाख ८९ हजार ८०८ पुगेको हो।
त्यसैगरी, चाँदीको भाउ पनि प्रतितोला ५० रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बुधबार चाँदीको भाउ प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ।
मंगलबार चाँदी प्रतितोला १ हजार ९४० रूपैयाँमा कारोबार भएको थियो।


