अमेरिकाको संघीय अदालतले हावार्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना नगर्न ट्रम्प प्रशासनको निर्देशन कार्यान्वयनमा रोक लगाएको छ। म्यासाच्युसेट्सस्थित बोस्टन डिस्ट्रिक्ट कोर्टले ट्रम्प प्रशासनको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
हार्भर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीहरूको भर्ना अन्त्य गर्न ट्रम्प प्रशासनले निर्देशन दिएको थियो। ट्रम्पको उक्त निर्णयविरद्ध अदालतको उक्त आदेश आएको हो। ट्रम्पको निर्देशनका कारण हार्भर्डका करिब ६ हजार ७ सय अन्तर्राष्ट्रिय विद्यार्थी प्रभावित भएका थिए।
ट्रम्प प्रशासनले हार्भर्डलाई विदेशी विद्यार्थीहरूको भर्ना अनुमति दिने प्रमाणपत्र खारेज गर्ने धम्की दिएको थियो। हार्भर्डले यो कदमलाई असंवैधानिक भन्दै अदालतमा चुनौती दिएको थियो।
हार्भर्डका अध्यक्ष एलन गार्बरले विश्वविद्यालयको स्वतन्त्रता र संवैधानिक अधिकारहरू रक्षा गर्ने प्रतिबद्धता जनाएका छन्। अदालतको अन्तरिम आदेशले विश्वविद्यालयलाई विदेशी विद्यार्थीहरूको भर्ना प्रक्रिया जारी राख्न अनुमति दिएको छ।
यो मुद्दा अझै अदालतमा विचाराधीन छ, र अन्तिम निर्णय आउन बाँकी छ। हार्भर्डले आफ्नो स्वतन्त्रता र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अधिकारको रक्षा गर्न कानुनी लडाइँ जारी राख्ने जनाएको छ।


