काठमाडौंः भिजिट भिसा प्रकरणले प्रतिनिधी सभा वैठक प्रभावित भएको छ। प्रकरणका विषयमा सत्तारूढ नेकपा (एमाले) र नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकले बोल्न पाउनुपर्ने माग राखेका छन्।
सभामुख देवराज घिमिरे तथा सत्ता र प्रतिपक्षी दलहरूका प्रमुख सचेतकहरूबीच भएको छलफलमा कांग्रेस-एमालेले गृहमन्त्री लेखकले सदनमा बोल्न पाउनुपर्ने कुरा राखेका हुन्।
यो मागमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी भने सहमत देखिएको छैन।
माओवादी र रास्वपाका प्रमुख सचेतकहरूले गृहमन्त्री लेखकले पहिले पदबाट राजीनामा दिनुपर्ने अडान राखेका छन्।
भिजिट भिसा प्रकरणलाई लिएर मंगलबारको प्रतिनिधि सभा प्रभावित बनेको हो। बैठकमा देखिएका दृश्य-परिदृश्यः














