काठमाडौँ- नेपालमा जहानियाँ शाही शासनको अन्त्य गरी गणतन्त्र स्थापना भएको १७औँ वसन्त पूरा भएको छ।
देशमा धेरै पटक जनताले लडेर व्यवस्था परिवर्तन गरेको भएपनि पछिल्लो समय जनताहरू भने त्यति खुसी देखिएको पाइँदैन।
हरेक वर्ष सैनिक मञ्च टुँडिखेलभित्र मनाइने यस्ता राष्ट्रिय पर्वमा जनता सधैं बञ्चित हुने गरेका छन्।
जनताले ल्याएको गणतन्त्र भनेर हरेक पटक नेताहरुको भाषणमा सुनिने गरेतापनि टुँडिखेलको बारबाहिर बाट पनि सर्वसाधारणलाई भीभीआईपीको गणतन्त्र हेर्नसमेत दिइँदैन।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


