नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरू छाडा भइरहेको टिप्पणी गरेका छन्।
पार्टीको भ्रातृ संगठन वाइसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन्। पैसाको बलमा भाडाका मान्छे उतारेर राजावादीहरूले छाडा बनाउने काम गरेको उनको भनाइ छ।
‘राजावादीहरू कताकताबाट पैसा ल्याएका छन्। पैसा त उनीहरूले थुपारेकै होलान्। त्यही पैसाको बलमा भाडाको मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको मैले देखिरहेको छु। तपाईंहरूले देखिराख्नुभएको छ,’ उनले भने, ‘उनीहरू छाडा भएका छन्। छाडा भएर हामीहरूमाथि आक्रमण गर्ने कोशिस गर्दैछन्। यदि उनीहरू आइलाग्छन् भने इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस्।’


