काठमाडौँ- १० दिन पैदल हिँडेर पर्सा बाट ३१ जना हिजो काठमाडौँ आइपुगे। बाँसमा दुई बोत्तल झुन्डाएर, बोत्तलभित्र सिर्सिया नदीको कालो पानी ल्याएर उनीहरूले आइतबारदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन्।
बारा औद्योगिक करिडोरका उद्योगबाट निस्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएको भन्दै नदीलाई प्रदूषणमुक्त बनाउन भनेर धर्ना दिन आउन परेको टोलीले बताएको छ।
माइतीघरमा त्यही बोत्तल र बाँससँगै धर्ना दिएर बसिरहेका छन्। माग पूरा नहुन्जेल आफूहरु नहट्ने चुरे बचाउ अभियन्ता सुनील यादव बताउँछन्।
धर्नास्थलमा आइतबार नै पुगेर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
हेरौँ तस्बिरहरू














