काठमाडौँ- देशभर गर्मी बढेसँगै चिसो खानेकुराको कारोबार बढ्न थालेको छ।
केही दिन अघि पानी पारेर चिसो भएको काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँहरू अहिले गर्मीले तातेका छन्।
काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस देखि न्यूनतम २२ डिग्री सेल्सियस रहेको छ।
गर्मी बढ्न थालेसँगै सर्वसाधारण आइसक्रिमलगायतका चिसो खाद्य पदार्थ सेवन गर्न थालेका छन्।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


