गुजरात- भारतको गुजरातस्थित अहमदावादमा एयर इन्डियाको विमान दुर्घटनामा परेको छ।
बिहीबार दिउँसो अहमदाबादको मेघानी शहरमा अवस्थित विमानस्थल नजिकै विमान दुर्घटनामा परेको हो।
अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको केही समयमा नै दुर्घटना भएको इन्डिया टुडेले लेखेको छ ।
बोइङ ७८७-८ ड्रीमलाइनर विमानमा २४२ यात्रु सवार थिए। दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ।


