२०८३ असोज ३० गते शुक्रबार

महिलाले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शनी, ‘म उद्यमी’ ट्रेडमार्क प्रयोगमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २९
nepali_kapada

काठमाडौं। महिला उद्यमी महासंघ नेपाल (एफडब्लुइएएन) ले ‘म उद्यमी’ ट्रेडमार्क (सामूहिक चिन्ह) प्रयोगसँगै उत्पादनहरुको सामूहिक प्रदर्शन सुरु गरेको छ।

एफडब्ल्युइएएनले बिहीबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा पत्रकार सम्मेलन आयोजना गर्दै महिला उद्यमीका उत्पादनलाई ‘म उद्यमी’ ट्रेडमार्कमार्फत प्रवद्र्धन तथा बजारीकरण गर्ने अभियान अघि बढाइएको जानकारी दिएको हो।

महासंघका अनुसार सरकारबाट प्राप्त सामूहिक चिन्हमार्फत देशभरका महिला स्वामित्व वा महिला नेतृत्वमा सञ्चालित उद्यमका उत्पादनलाई एउटै ट्रेडमार्कबाट पहिचान गराउने उद्देश्य राखिएको छ। यसबाट महिला उद्यमीका उत्पादनको दृश्यता तथा पहिचान बढाउनुका साथै ग्राहकमा उत्पादनप्रति विश्वास सिर्जना हुने महासंघको अपेक्षा छ।

महिला उद्यमी महासंघ नेपालले २३ वर्षदेखि महिला उद्यमशीलताको विकास तथा प्रवद्र्धन र महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको जनाएको छ।

‘म उद्यमी’ ट्रेडमार्कसहित आयोजना हुने प्रदर्शनीमा देशका विभिन्न जिल्लाका १०० भन्दा बढी महिला उद्यमीका उत्पादन प्रदर्शन गरिने महासंघले जनाएको छ। प्रदर्शनीमा करिब १०० वटा स्टल रहनेछन्। प्रदर्शनीमा प्राकृतिक रेसाजन्य वस्तु, ढाकाका सामग्री, गलैँचा, हाते कागजका सामान, जैविक खाद्य पदार्थ, कृषिजन्य उत्पादन, विभिन्न प्रकारका मूर्ति, गरगहना तथा सजावटका सामग्री राखिनेछन्।

महासंघले विशेषगरी नेपालमा उपलब्ध स्थानीय कच्चा पदार्थमा आधारित कृषि तथा हस्तकलाका उत्पादन र मूल्य शृंखलामा आधारित वस्तुलाई प्राथमिकता दिइएको जनाएको छ। प्रदर्शनीमा विभिन्न जिल्लाका घरेलु, साना तथा मझौला महिला उद्यमी तथा व्यवसायीका साथै निर्यातकर्ताहरूको समेत सहभागिता रहनेछ।

महासंघले ‘म उद्यमी’ ट्रेडमार्कमार्फत महिला उद्यमीका उत्पादनलाई स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन, ब्रान्डिङ, प्याकेजिङ तथा बजारीकरण गर्न सहयोग पुग्ने जनाएको छ।

त्यस्तै, महिला उद्यमीका उत्पादनको गुणस्तर सुधार गर्न प्रोत्साहन गर्ने, व्यवसायिक पहिचान सुदृढ गर्ने तथा साझा ब्रान्डिङ प्लेटफर्म निर्माण गर्ने लक्ष्य राखिएको छ।

महासंघका अनुसार ‘म उद्यमी’ ट्रेडमार्क योग्य र आधिकारिक महिला उद्यमीले स्वीकृति लिएर मात्र प्रयोग गर्ने व्यवस्था गरिनेछ। यसले महिला उद्यमीका उत्पादनको गुणस्तर र विश्वसनीयता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

महासंघले ‘म उद्यमी’ ट्रेडमार्क अंकित वस्तुलाई सरकारी खरिद प्रक्रियामा प्राथमिकताका साथ खरिद गर्न पहल गर्ने जनाएको छ। स्थानीय, प्रदेश र संघीय तहमा यस्ता उत्पादनको बजारीकरण सहज बनाउने, स्थानीय स्रोतसाधन, सीप तथा पूँजीको अधिकतम सदुपयोग गर्ने तथा उत्पादन र बजारीकरणका लागि औद्योगिक ग्राम स्थापना गर्न सरकारसँग बजेट विनियोजनका लागि पैरवी गर्ने महासंघको योजना छ।

त्यस्तै, ‘म उद्यमी’ ट्रेडमार्क प्रयोग भएका उत्पादनको प्रदर्शनी तथा बिक्रीका लागि विभिन्न तहमा प्रदर्शनी तथा बिक्रीस्थल स्थापना गर्न पहल गर्ने र उत्पादनको गुणस्तर वृद्धिका लागि तालिम सञ्चालन गर्न सरकारी बजेट विनियोजनका लागि पैरवी गर्ने महासंघले जनाएको छ।

महिला उद्यमीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका अवलोकन भ्रमण तथा ‘लर्निङ भिजिट’ मा सहभागी गराउन सरकारबाट सहयोगका लागि समेत पहल गरिने बताइएको छ।

महासंघले ‘म उद्यमी’ अभियानलाई व्यापारिक प्रदर्शनीमा मात्र सीमित नराखी महिला उद्यमशीलताको प्रवद्र्धन, सामाजिक तथा आर्थिक सशक्तीकरण, अनुभव आदानप्रदान र नयाँ बजारसँग महिला उद्यमीलाई जोड्ने महत्वपूर्ण अभियानका रूपमा विकास गर्ने जनाएको छ।

महासंघले ‘म उद्यमी’ ट्रेडमार्कमार्फत महिला उद्यमीका उत्पादनको साझा पहिचान निर्माणसँगै महिला उद्यमीबीचको एकता र सामूहिक ब्रान्डिङलाई समेत प्रवद्र्धन गर्न खोजिएको जनाएको छ।

प्रकाशित: २०८३ असोज २९ गते बिहिबार ०३:४८
प्रतिक्रिया

थप समाचार

एनआरएनए अमेरिकाको क्षेत्रीय सम्मेलनः नेपालमा १० करोड डलर लगानीको एजेन्डा

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलनमा १० करोड अमेरिकी डलरबराबरको लगानी सम्भावना र सहकार्यका विषयमा छलफल हुने भएको छ। सन् २०२७ अप्रिल २४ र २५...

उद्यमीहरूलाई ढुक्कसँग लगानी गर्न दिन सक्ने स्थिर नीति र वातावरण चाहिएको छ

निष्पक्ष र कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै उद्यमीलाई दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणमा आधारित, व्यावसायिक र निष्पक्ष होस।पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायीमा...

एनआरएन इन्फ्रास्ट्रक्चरले ३ कम्पनीमा १ अर्ब ३० करोड लगानी गर्दै, जलविद्युतमा मात्रै १ अर्ब २० करोड

कम्पनीले दुई जलविद्युत आयोजना र एक केबल उद्योगमा गरि कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको हो।

बाजुराको बडीमालिकामा कोदोको बिस्कुट उद्योग खुल्यो, परीक्षण उत्पादन सुरु

बाजुरा। बाजुराको बडीमालिका नगरपालिकामा कोदोको बिस्कुट उद्योगको परीक्षण उत्पादन सुरु गरिएको छ। लामो समयको अथक प्रयासपछि नगरपालिकाको अगुवाइमा परीक्षण उत्पादन सुरु गरिएको हो। स्थानीय उत्पादनको...

प्राधिकरणको पीपीए बाहिर रहेर बिजुली उपयोग गर्न चाहने उद्योगलाई बाटो खुलाउदै आयोग

काठमाडौं। उद्योगहरुले जलविद्युत् आयोजनामा गरेको लगानीलाई आफ्नै विद्युत् खपतसँग जोडेर लागत घटाउन सक्ने व्यवस्था कार्यान्वयनको तयारी अघि बढेको छ। विद्युत् नियमन आयोगले खुला पहुँचमार्फत...
46174be9-0cb1-4503-94ca-b420b8b3b675
अन्तर्वार्ता

अर्थतन्त्र र अहिलेको सरकारबारे रामेश्वर खनालको ‘क्लोज सट’: ‘अब सानो सुधारले पुग्दैन’

अहिलेको सरकारको शक्ति कहाँ छ भन्ने कुरा लगानीकर्ताले बुझ्न सकेका छैनन्। शक्ति कहाँ छ भन्ने थाहा भए त्यहीँ गएर कुरा गर्थे। जहाँ गएर कुरा गर्छन्, त्यहाँबाट कुनै सहारा प्राप्त नहुने र कहाँ गएर...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
hbl
बैंकिङ

वित्तीय अवस्था कमजोर बन्दै गएपछि हिमालयन बैंकमा सीईओ फेर्न कसरत, नयाँको खोजी हुँदै!

पूर्व मुख्यसचिव डा. वैकुण्ठ अर्याल बैंकको अध्यक्ष बनेर आएपछि बैंकको सीईओ फेरबदल गर्ने विषयमा घनिभूत छलफल अघि बढेको छ। बैंकको वित्तीय अवस्था सुधार गर्न नयाँ सीईओ र नायब प्रमुख कार्यकारी अधिकृत...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना