ललितपुर- ललितपुरमा रोपाईँ हुन थालेको छ।
मनसुन सक्रिय भएसँगै देशभर पानी पार्ने प्रणाली सक्रिय हुँदै गर्दा कुलोको सुविधा भएको क्षेत्रमा रोपाईँ सुरू भएको हो।
यो वर्ष मनसुन पनि छिट्टै सुरू भएको र औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएसँगै बाली राम्रो हुने किसानहरूको अपेक्षा छ।
ललितपुरको घ्याम्पेडाँडामा भएको रोपाईँका दृश्य
तस्बिर : नेपाल फोटो लाइब्रेरी


