२०८३ कार्तिक १३ गते बिहिबार

इजरायलद्वारा इरानमाथि आक्रमण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ३०
iran-israel

इजरायलले इरानमाथि आक्रमण सुरु गरेको छ।

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार इजरायल रक्षामन्त्री इजरायल केट्जले इरानमाथि आक्रमण गरेको घोषणा गरेका छन्। इजरायलले इरानमाथि आक्रमण गरेको र राजधानी तेहरानमा ठूलो विस्फोटको आवाज सुनिएको थियो।

रक्षामन्त्री केट्जले इरानमाथि आक्रमण गरेसँगै इजरायलमा आपतकालीन अवस्था घोषणा गरेका छन्। उनले इरानबाट हुन सक्ने सम्भावित प्रतिशोधको तयारीका लागि देशमा आपतकालीन अवस्थाको घोषणा गरिएको बताए।

जेरुशलेममा बसोबास गर्ने स्थानीय बासिन्दाहरू साइरनको आवाजले राति ब्युँझिएका थिए। त्यसपछि उनीहरूका मोबाइलमा आपतकालीन सतर्कता सन्देश प्राप्त भएसँगै सुरक्षित स्थानमा कुदेका थिए।

इजरायली एक अधिकारीका अनुसार आक्रमण ‘इरानको आणविक कार्यक्रम र अन्य सैनिक लक्ष्यहरु’ मा केन्द्रित रहेको जनाइएको छ।

इजरायलको यो कदमले सम्पूर्ण क्षेत्रलाई नयाँ तथा गम्भीर द्वन्द्वतर्फ धकेलेको चेतावनी विज्ञहरूले दिएका छन्। इजरायली सैनिक अधिकारीका अनुसार यो आक्रमण इरानको आणविक कार्यक्रम र अन्य सैन्य ठेगानाहरूलाई लक्षित गरिएको भएपनि विश्वभर यसले अशान्ति सृजना गर्ने बताए।

यो हमला त्यस्तो समयमा गरिएको छ जसको केही घण्टा अघिमात्र अमेरिकी र इजरायली अधिकारीहरूले यस्तो आक्रमण हुनसक्ने चेतावनी दिएका थिए। यसले अमेरिकाको नेतृत्वमा इरानको आणविक कार्यक्रम सम्बन्धी विवादलाई कूटनीतिक तरिकाबाट समाधान गर्ने प्रयासमा बाधा पुर्याकने जनाइएको छ।

रक्षा मन्त्री केट्जले इजरायलमा आपतकालीन अवस्था घोषणा गरेका छन् र जनतालाई इरानबाट मिसाइल तथा ड्रोनद्वारा प्रतिशोध हुने सम्भावनाबारे सचेत गराएका छन्।

इजरायली सेनाका प्रवक्ताले इजरायलले इरानको आणविक कार्यक्रममाथि लक्षित गर्दै ‘पूर्वप्रतिकारात्मक, सटीक र संयुक्त हमला’ सुरु गरेको बताएका छन्।

इजरायली सेनाले जानकारी दिए अनुसार, पहिलो चरणको आक्रमणमा इरानका विभिन्न स्थानमा रहेका ‘आणविक लक्ष्यहरु’ मा दर्जनौं इजरायली लडाकु विमान सहभागी थिए। तर, थप आक्रमण हुने वा नहुनेबारे केही खुलाइएको छैन। सेना प्रवक्ताले भने ‘आज इरान आणविक हतियार प्राप्त गर्न अति नजिक पुगेको छ। यदि यस्तो जनसंहारकारी हतियार इरानी शासनको हातमा पुग्यो भने, त्यो इजरायलको अस्तित्वकै लागि खतरनाक हुनेछ र विश्वकै लागि ठूलो चुनौती हुनेछ।’

प्रकाशित: २०८२ जेठ ३० गते शुक्रबार ०७:३२
प्रतिक्रिया

थप समाचार

बंगालको खाडीमा चक्रवातको प्रभावः नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने

काठमाडौं। बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन्। मौसमविद् विनोद पोखरेलले सामाजिक...

टीकाको उत्तम साइत १०:२६ बजे, कता फर्किने?

काठमाडौँ: हिन्दूहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमी मनाइँदैछ । आजको दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी दशैं मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष...

महँगीविरुद्ध फ्रान्समा प्रदर्शनी चर्कियो, १२ सय जना पक्राउ

देशभर लाखौँ मानिस सडकमा उत्रिएका छन्। प्रदर्शनका क्रममा सार्वजनिक भवनमा आगजनी, पसलमा लुटपाट र प्रहरीसँग झडपका घटना भएका छन्।

गेटामा एमबीबीएस अध्ययनका लागि ५० र नर्सिङमा २० सिट निर्धारण

काठमाडौँ: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...

महिलाले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शनी, ‘म उद्यमी’ ट्रेडमार्क प्रयोगमा

काठमाडौं। महिला उद्यमी महासंघ नेपाल (एफडब्लुइएएन) ले ‘म उद्यमी’ ट्रेडमार्क (सामूहिक चिन्ह) प्रयोगसँगै उत्पादनहरुको सामूहिक प्रदर्शन सुरु गरेको छ। एफडब्ल्युइएएनले बिहीबार ललितपुरको सानेपास्थित...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना