काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले संघीय निलो रिवन लगाएर सदनमा पुगेका छन्। ‘निलो रिबन’ले मानव तस्करी विरूद्धको अभियानलाई संकेत गर्छ।
गृहमन्त्री रमेश लेखक मानव तस्करीमा संलग्न भएको आरोप लगाउँदै रास्वपाले उनको राजीनामा माग गर्दै आएको छ।
यसका साथै २०६४ सालयताका सबै गृहमन्त्रीहरूमाथि यो विषयमा छानबिन गर्नुपर्ने उनीहरूको माग छ। तर सत्तापक्षका दलहरू उनको राजीनामा आवश्यक नभएको र छानबिन पनि सरकारले नै गर्ने बताउँदै आएका छन्।
सदनमा मानव तस्करीविरुद्ध आफूहरू रहेको संकेत गर्न रास्वपाले नीलो रिबनको सहायता लिएको हो।


