ललितपुर- ललितपुरको ग्वार्कोमा बनेको ओभरपासको सवारी साधन चलाउन योग्य बनेको छ। प्रधानमन्त्री केपी ओलीले शुक्रवार उद्घाटन गरेपछि यो ओभरपास सर्वसाधारणले प्रयोग गर्न पाउनेछन्।
३९ महिना लगाएर ओभरपासको काम सकिएको हो। इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा यो ओभरपास आशिष-समानान्तर-रेलिगेर जेभीले बनाएको हो। यसको लागत १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको थियो।
२०७८ फागुनमा निर्माण गर्न थालिएको यो ओभरपास २०८० फागुन १२ भित्र तयार भइसक्नु पर्ने थियो। उक्त समयमा नसकिएपछि २०८१ असारसम्मका लागि म्याद थपियो। त्यो समयमा पनि काम सकिएन। त्यसपछि २०८१ पुस ९ सम्मका लागि म्याद थपियो।
पटक–पटक समय थप गर्दा पनि काम नसकिएपछि २०८१ पुस १० बाट निर्माण कम्पनीलाई जरिमाना तिराएर काम गराइएको थियो। कम्पनीले दैनिक जरिमाना तिर्दै अहिले काम सकेको हो।
समयमा काम नसक्दा निर्माण कम्पनीले २०८१ पुस ९ गतेदेखि दैनिक ८८ हजार रुपैयाँ जरिमाना तिरेर निर्माण सम्पन्न गरेको हो। यसअनुसार निर्माण कम्पनीले ६ महिनामा झन्डै १ करोड ५८ लाख रुपैयाँ तिरेर ओभरपासको काम सकेको हो।
जेठ २०८२ मा यस्तो थियो फ्लाइओभरको अवस्था
चैत २०८१ मा यस्तो थियो फ्लाइओभरको अवस्था
२०८१ मंसिरमा यस्तो थियो फ्लाइओभरको अवस्था


