२०८३ कार्तिक १२ गते बुधबार

स्कटल्यान्डसँग नेपाल ३४ रनले पराजित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ७
cricket_ZcwWC7gKTl

नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको टी-२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ।

नेपाललाई शुक्रबार भएको अन्तिम खेलमा घरेलु टोली स्कटल्यान्डले ३४ रनले पराजित गरेको हो।

पराजित भएसँगै नेपालले सिरिज जित्न भने असफल भयो। सिरिजका चार मध्ये नेपाल दुई खेलमा विजयी हुँदा दुई खेलमा पराजित भयो। नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्ड दुवैलाई एक एक खेलमा हराउँदा एक एक खेलमा पराजय भोग्यो। सिरिजमा स्कटल्यान्ड र नेदरल्यान्ड्सले पनि समान दुई दुई जित र दुई दुई हार ब्यहोर्दै चार चार अंक जोडे। रनरेटमा भने स्कटल्यान्ड पहिलो, नेपाल दोस्रो र नेदरल्यान्ड्स तेस्रो भए।

शुक्रबार ग्लास्गोमा स्कटल्यान्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १५९ रनमा अलआउट भयो। नेपालको ब्याटिङ कुनै बेला पनि राम्रो भएन। कुशल भुर्तेल ४ रन जोड्दा पहिलो ओभरमै आउट भए।

त्यसपछि भीम सार्की १२ रनमा आउट हुँदा आसिफ शेख १४ रनमा रनआउटको सिकार भए। आरिफ शेख पनि ५ रनमा सफायन सरिफबाट बोल्ड भए। लगत्तै लोकेश बम ५ रनमा पेभिलियन फर्कदा नेपालको इनिङ संकटमा पर्‍यो।

कप्तान रोहित पौडेलले २७ रन र दीपेन्द्रसिंह ऐरी ३४ रन जोडेर आउट भएपछि नेपालको आसा सकियो।

रुपेश सिंहले नटआउट ४३ रन जोडे पनि जिततर्फ डोहोर्‍याउन सकेनन्। उनले २२ बलमा १ चौका र ३ छक्का प्रहार गरे।

बलिङमा स्कटल्यान्डका क्रिस गेइभ्सले ३ विकेट लिए।

घरेलु टोली स्कटल्यान्डले ग्लास्गोमा टस जितेर पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा १९३ रन जोड्यो।

स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सीले ७८ रन बनाए। उनले ३९ बलमा ५ चौका र ६ छक्का प्रहार गरे। यस्तै ब्रान्डन म्याकमलेनले ३० बलमा ४ चौका र १ छक्काको मद्दतमा ४२ रन बनाए।

यस्तै माइकल लिक्सले १७ बलमा नटआउट २६ रन र म्याथ्यु क्रसले १३ बलमा नटआउट १७ रन बनाए।

बलिङमा नेपालका कुशल भुर्तेलले २ विकेट लिए भने रुपेश सिंह, ललित राजवंशी र सन्दीप लामिछानेले १-१ विकेट लिए।

प्रकाशित: २०८२ असार ७ गते शनिवार ०६:१४
प्रतिक्रिया

थप समाचार

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना