काठमाडौँ- देशको केन्द्रीय राजधानी काठमाडौंलाई बागमती प्रदेशको राजधानी हेटौंडासँग जोड्ने सडकमध्ये टीकाभैरव-हेटौंडा सडक (कान्ति लोकपथ) अहिले सबैभन्दा चल्तीको सडक हो।
पछिल्लो समय बीपी राजमार्गमा समस्या आएकाले हेटौंडा हुँदै पूर्व जाने सवारीसाधनले पनि यो सडक प्रयोग गर्ने गरेका छन्। बाढीको जोखिमका कारण अहिले बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ५:३० सम्म सवारीसाधन चलाउन रोक लगाइएको छ।
त्यसो त टीकाभैरव-हेटौंडा सडक पनि जोखिम रहित भने छैन। टीकाभैरवदेखि भिमफेदी (बागमती पुलसम्म) ठाउँठाउँमा पहिरो झरेको छ। पानी परेपछि बाटो हिलो भएर सवारी साधन फस्ने समस्या छ। पानी परेको बेला हुस्सु लागेर भिजिबिलिटी निकै कम हुने गरेको छ।
यसैगरी भिमफेदी (बागमती खोला) देखि मकवानपुर गढीसम्म ठाउँठाउँमा सुख्खा पहिरो जाने अनि ढुंगाहरु खस्ने भइरहेको छ। बाटो निर्माणको काम पनि भइरहेको छ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


