सिन्धुली- असार लागेसँगै देशका अधिकांश स्थानमा रोपाइँमा किसान व्यस्त हुन थालेका छन्। राजमार्ग आसपासका क्षेत्रमा रोपाइँ गरेको दृश्य देखिन्छन्।
मदन भण्डारी लोकमार्ग सिन्धुलीको मरिणमा पनि यतिबेला रोपाइँ भइरहेको छ।
देशका केही स्थानमा आधुनिक उपकरणको सहायतमा रोपाइँ गरिने गरिएको भएपनि अधिकांश स्थानमा परम्परागत रुपमा गोरुले जोत्ने र रोपाहारले धानको बिउ रोप्दै आएका छन्।
सिन्धुलीको मरिण गाउँपालिकास्थित जयमंगल भन्ने ठाउँको रोपाइँका तस्बिरहरू:
तस्बिर: नेपाल फोटो लाइब्रेरी


