काठमाडौँ- देशको केन्द्रीय राजधानी काठमाडौंबाट बागमती प्रदेशको राजधानी हेटौंडा पुग्ने सडक अहिले कतै बिजोग त कतै पिच छ।
फर्पिङ-हुमाने खण्डमा ठाउँ ठाउँमा बाटो बिग्रिएको छ भने मर्मतको काम पनि जारी छ।
हुमानेदेखि फाखेलसम्म भर्खरै पिच भएको छ। फाखेलदेखि तल पिचको तयारी भइरहेको छ।
महालक्ष्मी खोलामा पुल बनाउने काम भइरहेकोले एकदमै हिलो छ। त्यहाँबाट कटेपछि कतै ढलान र कतै ग्राभेल गर्न तयारी अवस्थामा रहेको छ।
कुलेखानीदेखि हेटौंडासम्म बाटो राम्रो भए पनि फर्पिङ-हुमाने खण्डमा ठाउँ ठाउँमा सडक बिग्रिएको छ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


