२०८३ कार्तिक १२ गते बुधबार

टियू मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ १५
tucric3

काठमाडौं – सरकारले कीर्तिपुरको त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रुपमा विकास गरिने योजना बनाएको छ। सोमबार दुवै सदनको बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा यो मैदानलाई अन्तराष्ट्रिय स्तरको रंगशालाको रुपमा विकास गरिने विषय समेटिएको हो।

यो मैदानमा फ्लड लाइट राख्ने कार्य सम्पन्न गरिने बजेटमा उल्लेख रहेको छ। चालु आर्थिक वर्षको बजेटमा पनि फ्लड लाइट राख्ने  व्यवस्था भए पनि सो काम सुरु हुन सकेकाे छैन्। तर सरकारले अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रुपमा विकास गर्ने महत्वका‌ंक्षी याेजना सार्वजनिक गरेको हो

सरकारले क्रिकेटमा थप लगानी गर्ने भएको छ। मुलपानी क्रिकेट रंगशालाको निर्माण सम्पन्न गरिने बजेटमा उल्लेख रहेको छ। २०६० सालमै दुई वर्षभित्र सम्पन्न गर्ने गरी शिलान्यास गरिएको मूलपानी क्रिकेट रंगशाला अहिलेसम्म निर्माणाधीन छ। यता दुई वर्षअघि पनि निर्मााण् सम्पन्न गर्ने योजना थियो। तर हुन सकेको छैन्। यस परियोजनका लागि २०६९ देखि हरेक आर्थिक वर्षमा वजेट विनियोजन हुँदै आएको छ। तर काम भने हुन सकेको छैन्।

क्रिकेटका क्षेत्रमा विराटनगरको गिरिजा प्रसाद कोइराला क्रिकेट स्डेडियम, बैतडीको दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीको फप्ला क्रिकेट रंगशाला र काठमाडौंको सुवर्ण समशेर क्रिकेट रंगशाला निर्माण कार्य अघि बढाउन बजेट व्यवस्था गरेको अर्थमन्त्री महतले बताएका हुन्।

देशा विभिन्न स्थान धनगढी, इटहरी, पोखरा र नेपालगञ्जमा निर्माणधिन प्रदेश रंगशाला र कभर्डहले निर्माण सम्पन्न गरिने भएको छ।

सार्वजनिक निजी साझेदारीमा उच्च पर्वतीय अभ्यास केन्द्रका साथै राफ्टिङ, क्यानेइङ, प्याराग्लाइडिङ, रक क्याइम्बिङ, अल्ट्रा म्याराथनलगायतका साहसिक खेल पूर्वाधार निर्माण गरिने बजेटमा उल्लेख छ।

‘खेल पर्यटनलाई प्रवर्धन गरिने छ। खेलकुदका पूर्वाधार निर्माण व्यवस्थापन र प्रतियोगिता सञ्चालनमा नीजि क्षेत्रलाई प्रोत्साहित गरिने छ, ’ अर्थमन्त्रीले भने, ‘स्वरजोगार बन्न चाहेका खेलाडी लाई युवा स्वरजोगार कोष मार्फत सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने।’

सरकारले १९ औं एसियाली खेलकुद, एसियाली खेलकुद र र १० औं राष्ट्रिय खेलकुदका लागि खेलाडीलाई आवश्यक तालिम र प्रशिक्षण दिन बजेटको व्यवस्था गरेको छ। अन्तर्राष्ट्रिय खेलकुदमा पदक हाँसिल गर्ने खेलाडीलाई प्रात्साहन र सम्मान गरिने बजेटमा उल्लेख छ।

युवालाई अनुशासित र स्वस्थ्य बनाउन मार्सल आट्सलाई समूदायमा लैजानेका साथै नेपाल ओलम्पिक कमिटी, क्यान एन्फाको खेल क्षमता विकास गरि खेल प्रतियोगिता सञ्चालन गर्न बजेटले प्रोत्साहित गर्ने अर्थमन्त्रीले बताए।

स्थानीय स्तरमा खेल प्रतियोगिता सञ्चालन गर्नका लागि सहयोग गरिने उनले बताएका हुन्।

प्रकाशित: २०८० जेठ १५ गते सोमबार ०६:३३
प्रतिक्रिया

थप समाचार

एथ्लेटिक्समा ४ दशक अविराम, इन्द्रालाई ‘लाइफटाइम’ सम्मान

पोखरा- नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’ मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ। प्रतिभा छनोट समितिको...

वेस्ट इन्डिजमाथि ६ विकेटले नेपाल विजयी

काठमाडौँ- नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेस्ट इन्डिज एमाथि ६ विकेटको जित हात पारेको छ। ५ खेलको सिरिजमा तीन खेल जित्दै वेस्ट इण्डिजले उपाधि हात पारेको छ। शनिबार भएको पाचौँ खेलको १७३...

टी-२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ- आसन्न टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव...

इटहरी गोल्डकप स्चर्च ब्वाइज सेमिफाईनलमा

धरान- इटहरीमा जारी इटहरी गोल्डकपको क्वाटर फाईनल खेलमा न्युरोड टिम (एनआरटी)लाई २–१ गोलको अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाईनलमा प्रवेश गरेको छ। राष्ट्रिय जागृति क्लबको आयोजनामा...

‘प्रशिक्षकबिना खेलकुदको विकास असम्भव’

गण्डकी- गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री महेन्द्रध्वज जिसीले प्रशिक्षक बिना खेलकुदको विकास असम्भव नहुने बताएका छन्। प्रदेश खेलकुद परिषद् गण्डकीको आठौँं बोर्ड बैठकलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना