काठमाडौँ- काठमाडौँ महानगरपालिका-२५ नं वडा अन्तर्गत बाङ्गेमूढा थाहिथि चन्द्रमानसिंह मार्ग जलमग्न भएको छ।
एक वर्ष अगाडि मात्र ढल व्यवस्थापनको काम गरिएको सो सडक वर्षा भएसँगै ढल जाम भएर जलमग्न भएको हो।
सडक जलमग्न भएसँगै यात्रा गर्ने सर्वसाधारण र स्थानीयले सास्ती भोग्नु परेको छ।
ढल व्यवस्थापनको काम राम्रोसँग नहुँदा र पानीको निकास रोकिँदा सो सडक जलमग्न भएको हो।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


