काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै पार्टीले चलाएको हस्ताक्षर अभियानमा विभिन्न कलाकारहरूले हस्ताक्षर गरेका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कलाकारहरू किरण केसी, रमेश उप्रेती, अशोक शर्मा, खगेन्द्र लामिछानेलगायतले हस्ताक्षर गरी रवि रिहाइका पक्षमा ऐक्यबद्धता जनाएका हुन्।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


