काभ्रे- गत वर्ष असोजमा आएको बाढीले तहसनहस बनाएको बीपी राजमार्ग पूर्ववत् अवस्थामा आउने कुनै छाँट छैन।
रोशी खोलाले सडक नै बगाएका कारण पुनः निर्माणका लागि चार खण्डमा विभाजन गरी ठेक्का प्रकरण अगाडि बढाएपनि काम अघि बढ्न सकेको छैन।
अहिले डाइभर्सन गरी अस्थायी बाटो बनाएर सवारीसाधन चलाइएको छ तर ढुक्कले यात्रा गर्न सक्ने अवस्था छैन।
ठूलो पानी परेमा बाढी आएर फेरि बाटो बगाउन सक्ने जोखिम छ। ठाउँठाउँमा पहिरो खस्ने खतरा पनि उत्तिकै छ। घाम लाग्दा बुङबुङती धुलो उड्ने र पानी पर्दा हिलो भएर सवारीसाधन फस्ने समस्या छ।
वर्षाले जोखिम बढेसँगै अबको एक महिना सो सडकमा साँझको समयमा सवारी साधन चलाउन विशेष समेत गरिएको छ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


