काठमाडौँ- एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि विजेता नेपाली टोली स्वदेश फर्किएको छ।
कपको फाइनलमा सिंगापुरमाथि २ विकेटको जित निकाल्दै च्याम्पियन बनेको नेपाली टोली सोमवार बिहान काठमाडौँ विमानस्थलमा अवतरण गरेको हो।
टोलीका सदस्यलाई क्यानका सचिव पारस खड्कालगायतले विमानस्थलमा पुगेर स्वागत गरेका थिए।
तस्बिरहरू
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


