रसुवा- मंगलवार बिहान लेन्दे खोला र भोटेकोशी नदीमा आएको बाढी घट्न थालेको छ।
रसुवा जिल्लाको चीन सिमाना क्षेत्रबाट बाढी आएपछि नेपालमा ठूलो क्षति गरेको थियो।
बाढीमा परी तीन जना नेपाल प्रहरी, ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन्।
उनीहरूको खोजी कार्य सुरक्षा निकायले अघि बढाएको छ।
बाढीमा फसेका ५५ जनालाई विभिन्न स्थाबाट उद्धार गरिएको छ।
यता त्रिशूली नदीमा दुई जनाको शव भेटिएको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


