काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएका छन्। मंगलबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘ठूलाठूला भयानक हत्याकाण्डहरु छन्, ती हत्याकाण्डहरुको खोजिनीति गर्नुछ। चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसको छिनोफानो भएको छैन। नेपाली जनताको मनमा धेरै ठूलाठूला शंकाहरु छन्। के भएको हो भन्ने कुराको सत्यतथ्य आएको छैन। यी सबै कुराहरु पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ।’
२०४६ सालको जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पति विवरणको पनि खोजीनीति गरिने उनले बताए। भ्रष्टाचारका काण्डमा पनि छानबिन उनको भनाइ छ।


