२०८३ कार्तिक १५ गते शनिवार

क्याम्पा-कोलामा मुकेश अम्बानी र विनोद चौधरी एकैठाउँ, निर्वाण भन्छन्- देशका लागि गर्वको कुरा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३१
binod_mukesh

काठमाडौँ- भारतको प्रतिष्ठित औद्योगिक समूह रिलायन्स इन्डस्ट्रिजले नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुप (सीजी)सँग सहकार्य गरेको छ। यी दुईदेशीय दुई घरानाबाीचको सहकार्यमा कोल्ड ड्रिंक ब्रान्ड ‘क्याम्पा कोला’ उत्पादन थालेर नेपाली बजारमा ल्याइसकिएको चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जानकारी दिएका हुन्।

‘क्याम्पा कोला’ नेपालमै उत्पादन तथा वितरण सुरु गरेसँगै जानकारी दिन असार ३० गते कार्यक्रम आयोजना गरिएको थियो। ‘रिलायन्स इन्डष्ट्रि नेपालमा भित्रिएको छ, पछिल्लो समय जताततै लगानीको वातावरण असहज भईरहेको सुनिईरहँदा रिलायन्स जस्तो ग्रुप नेपाल भित्रिनु, नयाँ उत्पादन सुरु हुनु पक्कै देशको समग्र अर्थतन्त्रको लागि सकरात्मक पक्ष हो,’ कार्यक्रममा बोल्दै निर्वाण चौधरीले भने, ‘अहिले क्याम्पाबाट लगानी भित्रिन सुरु भएकोमा पछि अन्य क्षेत्रमा पनि भित्रने अपेक्षा राख्न सकिन्छ। यसरी औधोगिक क्षेत्रमा छिमेकी मुलुकबाट लगानी भित्रको गर्वको कुरा हो।’

चौधरिका अनुसार यो साझेदारीले नेपाली उपभोक्तालाई गुणस्तरीय र ऐतिहासिक पेय पदार्थको स्वादमा रम्ने अवसर दिने छ। वितरण प्रणाली र बजार अनुभवको प्रयोग गरेर क्याम्पा कोलालाई नेपाली बजारमा लोकप्रिय बनाउने उनको दाबी छ।

रिलायन्सले सन् २०२२ मा क्याम्पा कोला ब्रान्ड खरिद गरेर २०२३ मा भारतमा व्यावसायिक उत्पादन पुनः सुरु गरेको थियो। हाल क्याम्पा कोला भारतको प्रतिस्पर्धी कोल्ड ड्रिंक ब्रान्ड बनेको रिलायन्सको भनाइ छ।

‘चौधरी ग्रुपजस्तो प्रतिष्ठित साझेदारसँग मिलेर नेपालमा क्याम्पा कोला ब्रान्ड ल्याउन पाउँदा हामी अत्यन्त उत्साहित छौं,’ आरसीपीएलका कार्यकारी निर्देशक केतन मोदीले भनेका छन्, ‘क्याम्पा कोला ५० वर्षभन्दा पुरानो ऐतिहासिक भारतीय ब्रान्ड हो जसले धेरै पुस्तालाई जोड्ने भावनात्मक सन्देश दिन्छ। हामी नेपालमा दीर्घकालीन लगानीको सोचसहित आएका छौँ।’

क्याम्पा कोलाको नेपाल आगमनले रिलायन्सको सीजीसँगको व्यावसायिक सम्बन्ध विस्तार तथा समग्र नेपालप्रतिको दीर्घकालीन प्रतिबद्धता थप पुष्टि गर्ने रिलायन्सले जनाएको छ।

क्याम्पा कोला रिलायन्स इन्डस्ट्रिजको एफएमसीजी विङ र रिलायन्स कन्जुमर प्रडक्ट्स लिमिटेड (आरसीपीएल)द्वारा उत्पादित अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त भारतीय कोल्ड ड्रिंक ब्रान्ड हो। क्याम्पा कोलाले क्रिकेट प्रतियोगिता आइपीएललगायतका ठूला इभेन्टहरूलाई स्पोन्सर गर्दै आएको छ।

क्याम्पा कोला खाडी मुलुकहरूमा स्थापित ब्रान्ड बनेको छ। अब चौधरी ग्रुपले नेपालमा उत्पादन र वितरण गर्ने छ। यो ब्रान्डले नेपालीको मन जित्न सफल हुने दुवै कम्पनीको विश्वास छ।

चौधरी ग्रुपका अनुसार क्याम्पाका उत्पादनहरू क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, क्याम्पा इनर्जी गोल्ड बुस्ट र क्याम्पा इनर्जी बेरी किक बजारमा आउन थालेका छन्।

२५० मिलिलिटर कार्बोनेटेड सफ्ट ड्रिंक (सीएसडी) बोतल (क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज) को उपभोक्ता मूल्य ३० रुपैयाँ छ। क्याम्पाको २५० मिलिलिटर इनर्जी बेरी किकको मूल्य ४० रुपैयाँ तोकिएको छ।

भारतीय बिजनेस टाइकुन मुकेश अम्बानी नेतृत्वको रिलायन्स इन्डस्ट्रीजको एफएमसीजीसँगको साझेदारीमा चौधरी ग्रुपले मकवानपुरमा क्याम्पा कोला उद्योगको प्लान्ट स्थापना गरेको छ। प्लान्टमा  ७५ करोड भन्दा बढी लगानी गरिएको बताइएको छ। तर दुवै पक्षले आधिकारिक रूपमा लगानीको रकम खुलाएका छैनन्।

रिलायन्स कन्जुमर प्रडक्ट्स लिमिटेड (आरसीपीएल) रिलायन्स इन्डस्ट्रिज लिमिटेडको एफएमसीजी कम्पनी हो। फोर्ब्सको डलर अर्बपतिको सूचीमा नेपालबाट सूचीकृत एक मात्र व्यक्ति विनोद चौधरी जोडिएको चौधरी ग्रुप नेपालको प्रतिष्ठित व्यापारिक घराना हो। विश्वबजारमा २०२ भन्दा बढी कम्पनी र २६१ ब्रान्ड चौधरीले बजारमा ल्याएको छ। विश्वभरि २० हजारभन्दा बढी कर्मचारीको बलमा अघि बढिरहेको चौधरी ग्रुप नेपाली मूलको बहुराष्ट्रिय कम्पनी पनि हो।

खाद्य तथा पेयपदार्थ, वित्तीय सेवा, शिक्षा, पूर्वाधार, अटोमोबाइल, सूचना तथा प्रविधि, रियल इस्टेट र आतिथ्य सत्कारजस्ता क्षेत्रको व्यापारमा जमेको चौधरी ग्रुपले सुरक्षित, प्रभावकारी र विश्वस्तरीय सेवा तथा उत्पादन प्रदान गर्दै दाबी गर्छ। नेपाललाई विश्वमा चिनाउने तथा देशको समग्र विकासमा योगदान पुर्‍याउने अठोटसहित चौधरी ग्रुपले नेपालमा विभिन्न क्षेत्रमा लगानी विस्तार गरिरहेको चौधरी बताउँछन्।

तस्बिरहरू

0

 

प्रकाशित: २०८२ असार ३१ गते मङ्गलबार ०८:०७
प्रतिक्रिया

थप समाचार

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना